बुटवलमा अत्याधुनिक प्रविधि सहितको सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले मेडिकल ल्याब सञ्चालनमा आएको छ । बुटवलको अस्पताललाइन भुड्की चोकदेखि पूर्व श्रवणपथको चाँदबारी जाने चोकनिर शनिबार सिद्धार्थ डायग्नोष्टिक सेन्टर प्रा.लिको औपचारिक व्यवसायिक शुभारम्भ गरिएको हो ।

विश्वकर्मा पुजाको अबसरमा बुटवल बहुमुखि क्याम्पस रसायनसास्त्रका प्राध्यापक तथा सामाजिक एवं शैक्षिक व्यक्तित्व बसन्तराज खनालले एक समारोहका बिच डायग्नोष्टिक सेन्टरको उद्घघाटन गर्नुभएको छ । उद्घाटन गर्दै उहाँले बुटवलका अन्य ल्याबमा भन्दा सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । बिरामीहरुको मन जितेर ल्याबको पनि ल्याब बनाउनु पर्ने उहाँको भनाई थियो । यहाँको सेवाले बिरामीको रोग निदानका लागि महत्वपूर्ण सहयोग पुर्याउन सकेमात्रै यसप्रति बिरामीको विश्वास बढ्ने उहाँले बताउनुभयो ।

आज असोज १ देखि १० गते (घटस्थापना) सम्म परीक्षणका लागि आउने बिरामीहरुलाई सबै सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसका साथै ४ हजार ५ सय रुपैयाँमा हुने फुलबोडी चेकअप घटस्थापनासम्म २ हजार ३ सय रुपैयाँमा हुनेछ ।

बुटवलमा लामो समयदेखि बिभिन्न पेशा व्यवसाय गर्दै आएका व्यक्तीहरु र ८ जना विशेषज्ञ डाक्टरहरुको संयुक्त लगानीमा बिरामीहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सिद्धार्थ डायग्नोष्टिक सेन्टर शुभारम्भ गरिएको हो । दिशापिसाव, खकार, विर्य साथै रगतबाट हुने सम्पुर्ण परीक्षण, कलेजो, मुटु, मृगौला, थाइराइड तथा बिभिन्न हर्मनहरुको दक्ष मेडिकल टेक्नोलोजिष्टहरुद्धारा जाँच गरि बिशेषज्ञ डाक्टरबाट परामर्श सेवा पाइने संस्थाका अध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिनुभयो ।
बिदेश जानेहरुका लागि प्रि–मेडिकलको व्यवस्था समेत रहेको उहाँले बताउनुभयो । यसका साथै बिरामीले यहाँबाट दैनिक २ घण्टा बिशेषज्ञ डाक्टरबाट निःशुल्क परामर्श सेवा पाउनेछन् । त्यस्तै उहाँले बुटवलमा नै गुणस्तरीय सेवा दिने उद्देश्यका साथ स्थापना गरेको बताउनुभयो । बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सम्पूर्ण टिम लागेको उल्लेख गर्दै उहाँले आगामी दिनमा अझ थप सुविधाका साथ अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
शुभारम्भ कार्यक्रममा संस्थाका अध्यक्ष उपेन्द्र अर्यालको अध्यक्षता, संस्थाका सल्लाहकार सामाजिक तथा शैक्षिक व्यक्तित्व बसन्तराज खनालको प्रमुख आतिथ्यता, मेडिकल ल्याब्रेटरी एसोसीएसन नेपाल (मेलान) का केन्द्रिय उपाध्यक्ष रमेश पाण्डेको बिशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै, कार्यक्रममा ज्योती विकास बैंक लुम्बिनी प्रदेशका प्रमुख कपिल न्यौपाने, मेलान रुपन्देहीका अध्यक्ष नारायण न्यौपाने, मानव अधिकार तथा शान्ती समाज रुपन्देहीका पूर्व अध्यक्ष डि.पी खनाल, व्यवसायी तथा समाजसेबी दलबहादुर सुनार, बिभिन्न ल्याब्रेटरीका निर्देशक, बिशेषज्ञ डाक्टर तथा विभिन्न विद्यालयका शिक्षक सँगै अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सिद्धार्थ डायग्नोष्टिक सेन्टरका सञ्चालक विष्णु गैरैले गर्नुभएको थियो ।



मिडिया कभर
- बुटवलमा अत्याधुनिक प्रविधि सहितको ‘सिद्धार्थ डायग्नोष्टिक सेन्टर’ सञ्चालन -https://mechikalinews.com
- बुटवलमा ‘सिद्धार्थ डायग्नोष्टिक सेन्टर’ सञ्चालनमा -https://samatalonline.com
- बुटवलमा अत्याधुनिक प्रविधि सहितको ‘सिद्धार्थ डायग्नोष्टिक सेन्टर’ सञ्चालन-https://www.sabalpost.com
- बुटवलमा अत्याधुनिक प्रविधि सहितको ‘सिद्धार्थ डायग्नोष्टिक सेन्टर’ सञ्चालन-https://swasthyasamachar.com
- बुटवलमा अत्याधुनिक प्रविधि सहितको ल्याब सञ्चालन-http://gurashnews.com
- अत्याधुनिक प्रविधि सहितको ल्याब सेवा सञ्चालन-https://www.nepalkendra.com
- बुटवलमा अत्याधुनिक प्रविधिसहितको ‘सिद्धार्थ डायग्नोष्टिक सेन्टर’ सञ्चालनमा-https://khabarpatro.com
