‘सिद्धार्थ डायग्नोष्टिक सेन्टर प्रालि’को प्रथम पूर्ण बैठक तथा विजया दशमी, शुभ दिपावली र छठ पर्व २०७९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । घटस्थापनाको दिन भएको कार्यक्रममा संस्थाका अध्यक्ष उपेन्द्र अर्यालको अध्यक्षता, विशिष्ट शैक्षिक तथा सामाजिक व्यक्तित्व एवं रसायन शास्त्रका प्राध्यापक बसन्तराज खनालको प्रमुख आतिथ्यता, संस्थाका सल्लाकार डा.तिलक भुषाल र डा.अरुणकुमार क्षेत्रीको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै, सञ्चालक तथा प्रवन्ध निर्देशक नारायण पौडेल, सञ्चालक रामबहादुर खड्का, दलबहादुर लोहागुन, कपिल न्यौपाने, अरविन्द्र चन्द्र आर्चाय, डा.कमल कार्की, केशवबहादुर महत, खेम तिवारी, रिना राना, थानेश्वर अर्याल, बलराम न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि खनालले प्रयोगशालाको सेवालाई बुटवलमा मात्र नभएर बाहिरी जिल्लाहरुमा पनि बिस्तार गर्नुपर्ने बताउनु भयाे। स्वास्थ्य क्षेत्रमा नीजि लगानीले समाजका लागि ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयाे । त्यस्तै उहाँले स्थापना भएको छोटो समयमा नै एउटा छुट्टै पहिचान बनाउन सफल भएकोमा सम्पूर्ण टिमलाई बधाई दिँदै संस्थाले देखेको सपना छिट्टै पूरा होस् भन्ने शुभकामना व्यक्त गर्नुभयाे। संस्थाका सञ्चालक दलबहादुर लोहागुनले संस्थाको भावि योजनासहितको संक्षिप्त प्रिजेन्टेसन प्रस्तुत गरेका गर्नुभएकाे थियाे। उहाँले बुटवलमा नै बिरामीहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको प्रयोगशालामा दिसापिसाब, खकार, विर्य साथै रगतबाट हुने सम्पुर्ण परीक्षण, कलेजो, मुटु, मिर्गौला, थाइराइड तथा विभिन्न हर्मनहरुको दक्ष मेडिकल टेक्नोलोजिष्टहरुद्वारा जाँच गरी विशेषज्ञ डाक्टरबाट परामर्श सेवा पाइने जानकारी दिनुभयाे ।
त्यस्तै उनले विदेश जानेहरुका लागि प्रि–मेडिकलको व्यवस्थासमेत रहेकोे बताउँदै बिरामीको घरमै पुगेर नमुना संकलन हुने र बिरामीले विशेषज्ञ डाक्टरबाट परामर्श सेवा पाउने जानकारी गराउनु भयाे । उनले आगामी ५ वर्षभित्रमा अत्याधुनिक प्रविधि र पूर्ण सेवासुविधासहित अस्पताल सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयाे ।

कार्यक्रममा संस्थाका अध्यक्ष अर्यालले बुटवलमै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना गरेको प्रयोगशालाले छोटो समयमा नै बिरामीहरुको मन जित्न सफल भएको बताउनु भयाे । आगामी दिनमा पनि गुणस्तरीय सेवा दिन सम्पूर्ण टिम लागेको उल्लेख गर्दै उनले आगामी दिनमा नयाँनयाँ सेवा सुविधाका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयाे । विभिन्न ठाउँहरुमा आवश्यकताअनुसार स्वास्थ्य शिविर तथा स्वास्थ्यसम्वन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष अर्यालले बताउनु भयाे ।
कार्यक्रममा सञ्चालकको तर्फबाट कपिल न्यौपानेले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे भने कर्मचारी अभिमुखीकरण कार्यक्रमका प्रशिक्षक कपिल न्यौपाने, दलबहादुर लोहागुन र विष्णुप्रसाद गैरेलाई मायाको चिनोसहित सम्मान गरिएको थियो । त्यस्तै, संस्थालाई छोटो समयमा व्यवसाय विस्तारमा सबैभन्दा धेरै सहयोग गर्ने सञ्चालक सदस्य पशुपति भट्टराईलाई पनि सम्मान गरिएको थियो ।

बुटवलको अस्पताल लाइन भुड्की चोकदेखि पूर्व चाँदबारी जाने चाेक श्रवणपथमा यही असोज १ गते सिद्धार्थ डायग्नोष्टिक सेन्टर प्रालिको औपचारिक व्यवसायिक शुभारम्भ गरिएको थियो । रुपन्देहीलाई कर्मथलो बनाइ बसेका विशेषज्ञ चिकित्सकहरु, स्वास्थ्य प्राविधिकहरु, प्राध्यापक तथा शिक्षकहरु, मिडियाकर्मी, विभिन्न संघसंस्थामा आबद्ध प्रतिष्ठित व्यक्तित्व, उद्यमी व्यवसायीहरुको संयुक्त लगानीमा प्रयोगशाला स्थापना भएको हो । संस्थाका प्रवन्ध निर्देशक नारायण पौडेलको स्वागत तथा सञ्चालक विष्णुप्रसाद गैरको सञ्चालनमा कार्यक्रम भएको थियो ।
